न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा कानुन व्यवसायीलाई सिफारिस नगर्ने तयारी 

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा कानुन व्यवसायीलाई सिफारिस नगर्ने तयारी गरेको छ । नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानुन व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषद्ले गरेको हो ।

परिषद्का एक सदस्यले कम्तीमा यस पटक ‘करिअर जज’ बाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । न्यायाधीश नियुक्तिमा सधैं प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यस पटक फरक शैलीमा सिफारिस गरिने उनले बताए ।

frontline

सर्वोच्चमा प्रधानन्यायाधीशसहित बहालवाला सबै कानुन व्यवसायबाट सोझै नियुक्ति पाएका न्यायाधीशवालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने अभ्यास तोड्दै चौथो वरीयताका मनोजकुमार शर्मालाई रोजेको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश शर्मा नै न्याय परिषद् अध्यक्ष छन् । यसअघि कानुन व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्ति गर्ने अभ्यास थियो । 

विगतमा कानुन व्यवसायीबाट नियुक्त केही न्यायाधीशको न्यायसम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा ‘करिअर जज’ (जिल्ला, उच्च अदालत हुँदै आएका न्यायाधीश) कोही पनि नभएकाले पनि यसपालि कानुन व्यवसायीलाई सिधै न्यायाधीशमा सिफारिस नगर्ने तयारी भइरहेको परिषद्का अर्का सदस्यले बताए । सर्वोच्च अदालत अभिलेख अदालत र न्यायसम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यस पटक थालिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here