नेपाल र श्रीलंकाबीचको खेल रद्द
आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ।
वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो।
श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो। तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको थियो।
नेपालले आफ्नो पहिलो खेल नेदरल्याड्ससँग खेल्दा पराजय बेहोरेको थियो। नेपालले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ। यी दुवै खेल वेस्ट इन्डिजमा हुनेछ। यी खेलमा नाबालिक बलत्कार मुद्दामा सफाइ पाएका लेग स्पिनर सन्दीप लामिछानले उपलब्ध हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्