नेपाली काँग्रेस नगर कार्यसमिति गौरद्वारा “होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम” सम्पन्न
रौतहट, ५ चैत । नेपाली काँग्रेस नगर समिति गौरद्वारा २०८० सालको होलीको सुखद उपलक्ष्यमा “होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम” सोमवार गौरमा आयोजना गरियो ।
गौर स्थित कृष्णा इन होटलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेस नगर कार्यसमितिका सभापति मोहन यादवले असत्य माथि सत्यको विजय भएको दिनलाई उत्सवको रुपमा परापूर्व काल देखि मनाउदै आएको होली पर्वलाई भव्य, सभ्य एवं मर्यादित तवरबाट मनाउनुपर्ने जिकिर गरे ।
हामी सत्तामा रहदा वा विपक्षमा रहदा सधै संघर्ष गर्दै आएको बताउदै प्रदेश सरकारबाट आएको विकास निर्माणका कार्यलाई स्थानीय सरकारका प्रमुखको निर्देशनमा वडाध्यक्षहरु बाधक बनेपनि हामी सौहादपूृर्ण रुपमा लिई यस होली पर्वले उक्त असत्यलाई चिर्दै सत्य रुपी विकास निर्माणमा पुरा गराउने पक्षमा हामी अनवरत रुपमा संघर्ष गर्दै अघि बढ्ने बताए ।
होली पर्वमा पुरानो रिस, राग, द्वेष, इश्यालाई विर्षेर नयाँ सम्बन्ध कायम गर्ने हेतु खुशीयाली संग मनाउन समस्त गौर नगरवासी समक्ष आवाजलाई पुर्याइदिन संचारक्षेत्रको अहम भुमिका रहेको हुँदा समाज परिवर्तनमा संचार क्षेत्रले खेलेका भुमिकालाई उनले सराहना गरे ।
नेपाली काँग्रेस क्षेत्रिय सभापति अबधकिशोर प्रसादले होली पर्वमा कुनै किसिमको हुल हुज्जत एवं अप्रिय कार्यहरु नगरी सभ्य रुपमा होली पर्व मनाई यसको गरिमालाई कायम गर्न तथा नशारहित होली मनाउन समस्त नगरवासी संग आग्रह गरे ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा र वरिष्ठ संचारकर्मी प्रभातकुमार झाले होली पर्व आशुरी शक्तिलाई दैवी शक्तिले परास्त गरेर विश्वासको आधारलाई डगमगाउन नदिई जनजनको विश्वासलाई आदिकाल देखि नै चलिरहेको होली पर्वमा दशमन पनि दोस्त बनेर एक आपसमा अविर रंग खेलेर मनाउने चलन रहेको हुँदा गौर सहित रौतहट जिल्लाबासीहरु सभ्य रुपमा होली पर्व मनाएर देखउनुपर्ने अवसरको रुपमा रहेको बताए । समाजमा रहेका नकारात्मक पक्षलाई होलिका दहन संगै सवै राग द्वेष र वैमनष्यता को अत्य होस भने कामना गर्दै २०८० सालको होली पर्वको शुभकामना दिएका थिए । उक्त कार्यक्रममा वडा नम्वर ८ का वडाध्यक्ष जनार्दन साह, संजय कर्ण, संजय यादव, बब्लु यादव, संचारकर्मीहरुले शुभकामना आदान प्रदान कार्यक्रममा आ आफनो मन्तव्य राख्दै शुभकामना दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्