नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा बाढी भुमरी परेकाले थप शव पनि फेला पर्ने आशंकामा उत्खनन् गर्ने कार्य जारी रहेको छ।

frontline

बाढी लगत्तै स्थानीयले पटक-पटक उक्त घरमा उद्धार र खोजको काम गर्न आग्रह गर्दै आएका थिए। बाढी आएको सातौं दिनमा आज शव भेटिएको हो। पहिचान खुल्न बाँकी रहकाले शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here