नागढुंगा सुरुङमार्गमा मोटरसाइकल प्रवेश गरेपछि..

काठमाडौँ । नागढुंगा सुरुङमार्गभित्र केही व्यक्तिले मोटरसाइकल र स्कुटर लिएर प्रवेश गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । सुरुङमार्ग जस्तो संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर मोटरसाइकल हुइँकिनुले यसको सुरक्षा प्रणालीमाथि नागरिक तहबाट गम्भीर प्रश्न उठेको छ ।

नागढुंगा सुरुङमार्गभित्र सुरक्षाका कारणले दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) का साथै पैदल यात्री, तीन पाङ्ग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ । यति हुँदाहुँदै पनि नियम उल्लंघन गर्दै सुरुङभित्र मोटरसाइकल पुग्नुले सुरक्षा लापरबाही प्रस्ट देखिएको भन्दै सर्वसाधारणले घटनाको गहिरो छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

frontline

यस विषयमा नागढुंगाा सुरुङ मार्ग निर्माण आयोजनाका इन्जिनियर संजय पन्थीले उक्त घटना केही दिनअघि पानी परिरहेको समयमा भएको स्वीकार गरे । उनले बिहीबार रातोपाटीसँग भने, ‘पहिरोको जोखिम र पानी परिरहेको बेला टोल बुथमा कर्मचारीको उपस्थिति कम भएको मौका छोपेर ती व्यक्तिहरूले सुरक्षा गार्डले रोक्दा–रोक्दै पनि जबरजस्ती सुरुङभित्र छिरेका हुन

इन्जिनियर पन्थीले उक्त घटनाका सन्दर्भमा कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । साथै, सुरुङमार्गमा सुरक्षाकर्मीको उपस्थितिलाई अझ चुस्त बनाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिने उनले प्रतिबद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here