दैलेखमा निसासिएर आमा छोराको मृत्यु
२० फागुन, सुर्खेत । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहका अनुसार बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।
भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको डीएसपी शाहले बताए ।
‘धुवाले निसासिएर मृत्यु भएको हाम्रो अनुमान छ’ डीएसपी शाहले भने । ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको र १८ वर्षीय रमेशको हात जलेको प्रहरीले जनाएको छ ।
घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्