देशका यी स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यसैगरी, देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लागेकाे छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्