देउवा समूहको राष्ट्रिय भेला : शेरबहादुरको सन्देश– कांग्रेस एक होस्
कांग्रेसको आन्तरिक राजनीतिक लामो समयसम्म दुईटा समूह थिए-कोइराला समूह र देउवा समूह । गिरिजाप्रसाद कोइराला जीवित छँदा उनको समूहलाई काउन्टर दिनेमा शेरबहादुर देउवा थिए । यी दुवै समूहको विवाद चर्किँदा २०५९ सालमा देउवाले पार्टी फुटाए । पछि पार्टी एकता गरेर राजनीतिक कांग्रेसको मूलधारमै देउवा आएपनि कोइरालाहरू समूहबन्दी यथावत् नै रह्यो ।
गिरिजाप्रसाद कोइरालको निधनपछि कोइराला परिवारबाट शशांक कोइराला र शेखर कोइरालाले पारिवारिक विरासत धान्दै आएका थिए । गत १४ औं महाधिवेशनमा पनि शेरबहादुर र शेखर भिडेका थिए ।
तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गगन थापा लगायतले पार्टीमा युवा नेतृत्व हुनुपर्ने भन्दै हस्तक्षेप बढाएपछि देउवा र कोइराला समूह एउटै कित्तामा उभिन पुगे ।
विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि निर्वाचन आयोगले समेत वैधानिक दिएपछि देउवा र कोइराला समूह कांग्रेसको मूलधारबाट बाहिरियो ।






प्रतिक्रिया दिनुहोस्