दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई नियन्त्रणमा लिएको छ । 

लागूऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोपमा बुधबार अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

frontline

नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा बनियालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए । 

#रामलखनअख्तियार #दुरुपयाेग अनुसन्धान आयाेग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here