दाहसंस्कार गरिसकेका छोरा घर फर्किएपछि…
राटनगर : छोराको मृत्यु भएको ठानेर अन्त्येष्टि गरिसकेको परिवारमा अचानक उही छोरा घर फर्किएपछि एकातिर खुसी छाएको छ भने अर्कोतिर गम्भीर प्रश्न खडा भएको छ- ‘त्यसो भए अन्त्येष्टि गरिएको त्यो शव कसको थियो?’
मृत ठानिएका छोरा दसैंको पूर्णिमाका दिन जीवितै घर फर्किएपछि मोरङको लेटाङ नगरपालिका–५, खेरुवाका ३६ वर्षीय पदमबहादुर राई घर फर्किएसँगै दुर्घटनामा मृत्यु भएका ती अज्ञात व्यक्तिको वास्तविक पहिचानमाथि ठूलो प्रश्न उठेको छ।
पदमबहादुरलाई मृत ठानेर परिवारले यसअघि चिसाङ खोलामा लगेर अन्त्येष्टि गरिसकेको थियो। छोराको वियोगका कारण परिवारले यस वर्षको दसैंमा टीकासमेत लगाएन। तर, उनी जीवितै फर्किएपछि अब दाहसंस्कार गरिएको शवको वास्तविक पहिचान खोज्नुपर्ने स्थिति सिर्जना भएको छ।






प्रतिक्रिया दिनुहोस्