डोनाल्ड ट्रम्पपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीनमा
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको भ्रमणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा उनले राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्नेछन्।
यस वर्ष पुटिनको यो पहिलो विदेश भ्रमण हो। यसले वर्तमान वैश्विक परिस्थितिमा चीन कति महत्वपूर्ण बनेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको छ ।
पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद चीन, रुसी तेलको सबैभन्दा ठूलो क्रेता र उसको प्रमुख सहयोगी बनेको छ। भ्लादिमिर पुटिन यस सम्बन्धलाई अझ मजबुत बनाउने प्रयासमा रहनेछन्।
यस बैठकमा नयाँ ग्यास पाइपलाइनमा विशेष ध्यान हुनेछ, जसले प्रतिवर्ष ५० अर्ब क्युबिक मिटरसम्म प्राकृतिक ग्यास चीन पुर्याउन सक्छ।
हालैका महिनाहरूमा व्यापार र आर्थिक सहयोग बढाउने उद्देश्यले धेरै वैश्विक नेताहरूले चीनको भ्रमण गरिसकेका छन्। भ्लादिमिर पुटिन पनि अहिले यही सूचीमा थपिएका छन्।






प्रतिक्रिया दिनुहोस्