ट्रम्पले रद्द गरे मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य अड्डामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्व सैन्य मनोचिकित्सक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन् । व्यापक आलोचना भएपछि ट्रम्पले मृत्युदण्ड हुने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका हुन् ।

ट्रम्पले यसअघि हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनालाई समर्थन गरेका थिए । उनको विचारमा मृत्युदण्ड सार्वजनिक रूपमा देखाउँदा अपराधका गम्भीर परिणामबारे मानिसहरूलाई जानकारी दिन सकिन्छ । तर मानव अधिकार सङ्घसंस्था तथा अन्तर्राष्ट्रिय समुदायले यस्तो योजनाको आलोचना गरेका थिए ।

frontline

बिबिसिमा उल्लेख भए अनुसार ट्रम्पले बिहीबार धेरै मानिसले मृत्युदण्डको दृश्य सार्वजनिक रूपमा देखाउन नचाहेको बताएका छन् । उनले हसनलाई गोली हानेर मृत्युदण्ड दिइने भए पनि कार्यक्रम प्रसारण नगरिने स्पष्ट पारेका छन् । पीडितका परिवारले चाहेमा भने उनीहरूले प्रत्यक्ष उपस्थित भएर मृत्युदण्ड हेर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here