ट्रकको ठक्करबाट महिलाको मृत्यू
२८ मंसिर, पोखरा । पोखरामा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यू भएको छ । पोखरा पृथ्वी चोकस्थित चाइनापुलमा बा.३–००१ ख १८१५ नम्बरको ट्रकले ग.१४ प. ५८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काजीपोखरीकी ६० वर्षिया शान्तिमाया पुनको मृत्यू भएको हो ।
ट्रकको ठक्करबाट घाइते भएकी पुनलाई उद्धार गरी अस्पताल पु-याइएकोमा उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट स्कुटर चालक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षिय प्रहरी सहायक निरीक्षक डिलबहादुर सोमरे घाइते भएका छन् । घाइते सोमरे मृतक पुनको ज्वाईं हुन् ।
प्रहरीले स्कुटरलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यलयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्