जोखिम मोलेरै थातथलो फर्किनेको लर्को

काठमाडौं : रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने नेपालीलाई दसैंले फेरि थातथलोले सम्झाएको छ। दसैं मनाउन काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरबाट गाउँ फर्किनेहरूको लर्को लागेको छ।

बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएको र ठाउँठाउँमा सडक अवरुद्ध भए पनि यात्रुहरू जोखिम मोलेरै घर फर्किरहेका छन्। संघीय राजधानी काठमाडौं उपत्यकाबाट मात्रै १० देखि १२ लाखसम्म मानिस बाहिरिने अनुमान छ।

frontline

सडकको दुरवस्थाका कारण भने विगतका वर्षको तुलनामा यसपालि यात्रुको चाप केही कम देखिएको यातायात व्यवसायीहरूले बताएका छन्। काठमाडौंलगायतका सहरहरूमा एउटा साझा प्रसंग बनेको छ— ‘दसैंमा गाउँ जाने।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here