जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी ट्रष्ट

News Summary
Generated by OK AI. Editorially reviewed.
- पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन्।
- उनीहरूले जुम्लाको गुठिचौर गाउँपालिकामा सुत्केरी सेवा केन्द्रको शिलान्यास गरे।
- स्थानीयबासीले स्वागत गरेका थिए र केन्द्रले मातृ तथा नवजात स्वास्थ्य सेवा सुधार्ने अपेक्षा गरिएको छ।
२४ जेठ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन् ।




हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन् ।
जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए ।
हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको बताएको छ ।
उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्