जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गरेकी छन् । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ ।

The current image has no alternative text. The file name is: devi-3.jpg

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका-१२ स्थित पचली पीठबाट भैरवको आप जात्रा गरी हनुमान ढोका पुर्‍याइएको थियो । कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ भैरवको दर्शन गराइएको हो ।

frontline

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौं उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा भैरव जात्रालाई लिइन्छ । भैरवलाई पुनःटेकुमा लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here