जनसम्पर्क समिति बेलायत ब्युँताएर एक सातामै अधिवेशन

लन्डन : लामो समयदेखि आन्तरिक विवाद र ध्रुवीकरणका कारण निष्क्रियजस्तै बनेको नेपाली जनसम्पर्क समिति बेलायतलाई पुनः सक्रिय बनाउँदै एक साताभित्र अधिवेशन सम्पन्न गरिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अधिवेशन गराउने विशेष जिम्मेवारी दिएपछि शेरबहादुर सुनारको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नेपाली कांग्रेसको विधानअनुसार निर्धारित समयभित्र अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएका सुनारका लागि संगठनभित्रको विवाद र सीमित समय प्रमुख चुनौती थिए। तर, उनले विभिन्न पक्षसँग संवाद र समन्वय गर्दै अधिवेशनलाई निष्कर्षमा पुर्‍याएका हुन्।

frontline

नेपाली कांग्रेसको राजनीतिमा २०३६ सालदेखि सक्रिय सुनार नेपाली जनसम्पर्क समिति बेलायतका संस्थापक सदस्यमध्ये एक हुन्। उनले अधिवेशनको तयारीका लागि सदस्यसचिव आरके त्रिपाठीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता सम्मिलित तयारी समिति गठन गरेका थिए। त्यसपछि अग्रज नेताहरूको सल्लाहकार समिति बनाएर बैठक तथा छलफललाई तीव्रता दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here