जनता स्वास्थ्य र राज्य

कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन

प्रधानमन्त्री पो बिदेश जान सक्लान , तर जनताले त आशा र भरोसा गर्ने एहीको स्वास्थ्य सेवामा हो , तेही मन्त्रालयको यो हबिगत देख्दा सरोकार वाला सम्पूर्ण नागरिकको मन रुनु स्वभाभिक हो । गोबिन्द केसीको अनसनले २५ वौ बसन्त पार गर्‍यो ,तर सरकार कहिले निदाएको अवस्था बाट उठ्न नसकेको हो कि मृत्‍यु तुल्ये भइसकेको हो त्यो नेपाली समाजले यो महामारीमा तेस्को अनुभब गर्दै गरेको हामी सबैलाई तितो एथार्थ थाहा छदैछ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिए

काठमाण्डु ।  पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ ।

frontline

वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो ।

विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेका छन् ।

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ ।

तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको पाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ ।

एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।

३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् ।

ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता ढकाल, त्रिपाठी र तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबारदेखि श्रेष्ठले जिम्मेवारी बहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सुरुमा आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राखेर अर्याललाई राज्यमन्त्री बनाएका थिए । लगत्तै १८ जेठ २०७५ मा उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, उनी धेरै समय स्वास्थ्य मन्त्रालयमा रहन सकेनन् ।

४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइयो ।

उनी पनि जेनतेन एक वर्ष टिके । लगत्तै, १० पुस २०७७ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी त्रिपाठीले पाए । उनी पनि पाँच महिना मात्रै टिके ।

लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका मिल्यो । तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ति बदर गरिदिएपछि बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयसहितको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री पो बिदेश जान सक्लान , तर जनताले त आशा र भरोसा गर्ने एहीको स्वास्थ्य सेवामा हो , तेही मन्त्रालयको यो हबिगत देख्दा
सरोकार वाला सम्पूर्ण नागरिकको मन रुनु स्वभाभिक हो । गोबिन्द केसीको अनसनले २५ वौ बसन्त पार गर्‍यो ,तर सरकार कहिले निदाएको अवस्था बाट उठ्न नसकेको हो कि मृत्‍यु तुल्ये भइसकेको हो त्यो नेपाली समाजले यो महामारीमा तेस्को अनुभब गर्दै गरेको हामी सबैलाई तितो एथार्थ थाहा छदैछ ।

दुइटै मिर्गौला दुई चोटि फेरेर राज्यको सर्बसक्तीमान बनी बसेको प्रधानमन्त्री बाट शायद नेपाली स्वास्थ्य क्षेत्रले आशा केही गरेको थियो , तर मार्सी चामलको खाना , प्रसाइ को बि एन्ड सि लाई सम्बन्धन दिन कसेका ताना बाना देखी सकेको नेपाली समाज अब त्यो आशा बाट त बिमुख भए नै , चल्दै गरेको बिस्व ब्यापी माहामारी मा पनि एही को राजनीतिक महामारी बाट अझै केही समय आक्रन्त हुने निस्चित प्राय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here