चोरी गर्न गएका व्यक्ति ३ तलाबाट खसे, घटनास्थलमै मृत्यु

Mobile phone theft vector illustration. Cartoon isolated male thief character in hoodie and balaclava hat stealing big cellphone, burglar running with smartphone to steal money, personal information

विराटनगर : विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित एउटा घरमा मध्यराति चोरी गर्न पुगेका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । पुरुषोत्तम न्यौपानेको घरमा आइतबार बिहानका राति १२:२० बजेतिर चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ /४० वर्षका पुरुषको ३ तलामाथिबाट खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको माथिल्लो तलामा पुगेका थिए । घरधनीले अपरिचित व्यक्तिलाई देखेर होहल्ला गरेपछि आसपासका मानिससमेत जम्मा हुन थालेका थिए ।
मानिसहरू जम्मा भएपछि पक्राउ पर्ने डरले उनी घरबाट भाग्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भाग्ने क्रममा उनले घरको तीन तलामाथिबाट हाम फालेका थिए । भुइँमा खसेपछि गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

घटनाको सूचना पाएपछि मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिहानका राति करिब २ बजेतिर कोशी अस्पताल पठाएको छ ।

मृतकको साथबाट पहिचान खुल्ने कुनै विवरण फेला नपरेको र हालसम्म उनको नाम, ठेगाना खुल्न नसकेको डीएसपी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतकको पहिचानको प्रक्रिया अघि बढाएर घटनाको थप अनुसन्धान सुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here