चुनावमा सर्लाहीमा भारतीय नम्बर प्लेटका सवारी साधनको अत्याधिक प्रयोग

१९ कात्तिक, सर्लाही । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनहरुको अत्याधिक प्रयोग भइरहेको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो निर्वाचनको प्रचार–प्रसारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको प्रयोग गरेका हुन् ।

नेपाली नम्बर प्लेटका सवारीसाधनहरुको तुलनामा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु कम भाडामा पाइने भएको कारण चुनावी प्रचार प्रसारमा उम्मेदवारहरुको रोजाइमा भारतीय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोग बढेको हो ।

frontline

भारतसँग सीमा जोडिएको सर्लाहीका हरेक निर्वाचनमा भारतीय सवारीसाधनहरु कै प्रयोग हुने गरेको छ । जिल्लाका अधिकांश स्थानीयले समेत भारतीय नम्बर प्लेटका सवारीसाधनहरु घरमा राख्ने गरेका छन् ।

पार्टीको झन्डा हालेर गाडी कुदाउँदा ट्राफिक प्रहरीले चेकिङसमेत नगर्ने र भाडासमेत सस्तो पर्ने भएका कारण आफूले भारतीय नम्बरको गाडी प्रयोगमा ल्याएको उम्मेदवारहरुले नै बताएका छन् ।

सर्लाहीका कुनै पनि उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका लागि सवारी पास नलिएका र केही सवारी पास तयार पारिएको भएपनि उम्मेदवारहरु लिन नआएका मुख्य निर्वाचन अधिकृत एवम सर्लाही २ का निर्वाचन अधिकृत कविराज न्यौपानेले बताए ।

साथै पास वितरण गर्दा पनि भारतीय नम्बर प्लेटका सवारी साधनलाई पास दिन नमिल्ने र त्यस प्रकारका सवारीसाधनहरु चलाएमा निर्वाचन आचारसंहिता विपरीत हुने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । साथै उम्मेदवारहरुले प्रचार प्रसारमा भारतीय नम्बरका सवारीसाधनहरु चलाएको विषयमा आफूलाई पनि केही जानकारी आएको उनले बताए ।

तर सर्लाहीका सबै उम्मेदवारहरुले १०–१५ वटाका दरले भारतीय नम्बरका सवारीसाधनहरु प्रयोग गरिरहरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here