चिया निर्यातमा भारतको अवरोध हटाउन पहलका लागि सरकारको ध्यानाकर्षण

 परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा भारतीय अवरोध हटाउन कुटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री खलालाई भेट्न नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोली पुगेको थियो । महासंघका प्रतिनिधिले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोध हटाउन पहलका लागि आग्रह गरेका थिए । टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे परराष्ट्रमन्त्री खनालको ध्यानाकर्षण गराएको थियो ।

frontline

परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कुटनीतिक संवाद भइरहेको बताए ।

‘चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ । समस्याको निकास निकाल्न कुटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ’, खनालले भने ।

परराष्ट्रमन्त्री खनालले चियालगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिए ।

महासंघ अध्यक्ष श्रेष्ठले वार्षिक १२ अर्बदेखि १४ अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँ व्यक्तिको जीविकोपार्जनमा असर पर्ने जानकारी गराउँदै सक्दो चाँडो समस्या समाधानका लागि मन्त्री खनालसमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here