चितवनमा स्क्रफ टाइफसका विरामी बढ्दै

बुधवार, चितवन । चितवनमा डेँगुका विरामी घटेपनि स्क्रफ टाइफसका विरामी बढ्दै गएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा डेँगु पोजेटिभ हुनेको दर उच्च दरमा कमी आएको छ ।

frontline

तर स्क्रफ टाइफसका विरामी भने ह्वात्तै बढेका छन् । डेँगुका कारण मृत्यु हुनेको सख्या शुन्यमा झरेको छ तर स्क्रफ टाइपसका मृत्यु दर भने केही घटेको मात्रै छ शून्यमा पुगेको छैन ।

चिकित्सकका अनुसार डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो। यो डेंगु भाईरस ९डिइएन भी० ले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाइरसको चार प्रजाति छन्। जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन्।

एक पटक एक प्रकारको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यही प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रजातिको डेंगू रोग लाग्न सक्छ, र प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर सङ्क्रमित रहन्छ।

एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ। तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन्।डेंगु भएका व्यक्तिहरु औषधीको रुपमा पारासिटामोलको सेवन गर्नुका साथ साथै प्रशस्त मात्रामा झोलिलो खाने कुराहरु खानु पर्छ र औषधि चिकित्सकको सल्लाह वमोजिम मात्रै प्रयोग गर्नुपर्छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कुल १९ हजार २३० जनाको डेँगु परीक्षण गरिएकोमा ४ हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही वर्ष ३ जनाको मृत्यु भएको थियो ।

तर गत आर्थिक वर्षमा भने १ हजार ९८६ परीक्षणमा २४७ जनामा संक्रमण पुष्टि भएको थियो । कसैको पनि मृत्यु भएको छैन।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा १ हजार ५१६ जनाको परीक्षणमा १२७ जनालाई स्क्रफ टाइफस देखा परेको थियो भने २ जनाको मृत्यु भएको थियो ।

गत आर्थिकवर्ष २०७७/०७८ मा भने २ हजार २९० परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको तथ्याङ्क स्थानीय तहगत यहाँ रहेको छ ।

No photo description available.
  • स्क्रफ टाइफस मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा यो रोग सर्दछ । तर मानिसबाट मानिसमा भने सर्दैन । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।
  • खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here