चार दिनमा १४३.९ अंकले घट्यो नेप्से

१२ माघ, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ ।

साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार बढ्ने अपेक्षा विपरीत सबै दिन ओरालो रह्यो ।

frontline

चार दिनमा बजार १४३.९ अंकले घटेको हो । बुधबार सबै उपसमुह राताम्य रहे । त्यसमा पनिसबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार कारोबार रकममा समेत ठूलो गिरावट आएको छ ।
कुल २३३ कम्पनीको ६१ हजार ४ वटा कारोबारबाट बुधबार ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ ।

यो किनबेचबाट ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।

सीइडीबी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले समेत कमाए ।

यस दिन पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here