घट्यो दसैंपछिको सेयर बजार, उत्पादन र व्यापारमा आकर्षण
९ कात्तिक, काठमाडौं । दसैंअघि लगातार ७ कारोबार दिनसम्म बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ ।
सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो । यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । ९९ कम्पनीको मूल्य बढ्यो भने १७१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्बको भएको छ ।
आज उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् । पूँजीकरण उच्च भएकाले विशाल बजारले नै समग्र समूहलाई प्रभाव पार्दछ ।






प्रतिक्रिया दिनुहोस्