गैरसरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढी पीडितको अस्थायी आवास बनाउने निर्णय
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ ।
साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ । बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ । प्राधिकरणका प्रवक्ता शान्ति महतकाअनुसार ‘ट्रान्जिसनल सेल्टर’ निर्माणका लागि गैरसरकारी संस्थाहरुसँग प्रस्ताव माग्ने निर्णय भएको छ ।
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण ७ हजार ५७० भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ । घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन् । अब पालिकाले लाभग्राहीको तथ्यांक दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ्ने छ ।






प्रतिक्रिया दिनुहोस्