गृहमन्त्रीहरूको ह्याट्रिक

गृहमन्त्री रमेश लेखक पनि गृह मन्त्रालयअन्तर्गतकै कुनै जेलमा जाने संकेत देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा लिएर विदेश जाने नेपालीसँग घुस लिने गिरोह भेटिएपछि त्यसमा गृहमन्त्रीको पनि भाग होला नि भन्ने आशंका आएलगत्तै यो संकेत देखापरेको हो । 

यदि, रमेश लेखक जेल जानुभयो भने यो नेपालका गृहमन्त्रीहरूको ह्याट्रिक जेलयात्रा हुनेछ । नकली भुटानी शरणार्थी काण्डमा गृहमन्त्री बालकृष्ण खाँण जेल गए । सहकारी काण्डमा गृहमन्त्री रवि लामिछाने जेल गए । अब भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखक जेल जाँदैहुनुहुन्छ । तीन गृहमन्त्री लगालग जेल जानु पनि एउटा काण्ड नै हो । नेपालका गृहमन्त्रीहरूको प्रशासनिक यात्रा गृह मन्त्रालयबाट शुरु भएर गृहकैअन्तर्गतको जेलमा गएर टुंगिने रहेछ । अर्थात गृहमन्त्रीलाई गृह मन्त्रालयले कहिल्यै नछोड्ने रहेछ । 

frontline

सबैलाई लाग्छ, गृहमन्त्री रमेश लेखक इमान्दार नेता हो । उहाँलाई भ्रष्टाचार के हो केही थाहा छैन । अहिले विमानस्थलको भ्रष्टाचारबारे पनि केही थाहा छैन । भ्रष्टाचार गर्ने कर्मचारी उहाँकै सचिवालय छेउछाउ घुमिरहेका छन् । कसरी घुमे त्यो उहाँलाई थाहा छैन । विमानस्थल छिर्ने जनताले दुःख पाइरहेका छन्, त्यो दुःखबारे पनि थाहा छैन । विमानस्थलमा घुस माग्छन्, उहाँलाई थाहा छैन । प्रहरीले घुस माग्छन्, उहाँलाई थाहा छैन । घुस नदिए विदेश जान पाउँदैनन्, उहाँलाई थाहा छैन । उहाँ नेपालकै पहिलो यस्तो गृहमन्त्री हुनुहुन्छ जसलाई गृह प्रशासनमा के हुन्छ केही थाहा छैन । यस्तो मान्छेले गृह मन्त्रालय कसरी चलाउँछ होला ? त्यो हामी जनतालाई थाहा छैन । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here