गल्याङ नगरपालिकामा उद्घोषण एवं व्यक्तित्व विकास तालिम सञ्चालनमा”
गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को प्रमुख उपस्थितिमा गल्याङ नगरपालिका–११, जिमुहामा उद्घोषण एवं व्यक्तित्व विकास तालिम सञ्चालन भएको छ।
श्री महिला जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा तथा गल्याङ नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको उक्त तालिम २०८३ असार १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।
स्थानीय नागरिक विशेषगरी महिलाहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा स्वरोजगारका अवसर अभिवृद्धि गर्दै आत्मनिर्भर र आर्थिक रूपमा सशक्त समुदाय निर्माण गर्ने साथै सहभागीहरूलाई सीप, आत्मविश्वास र व्यवसाय सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।






प्रतिक्रिया दिनुहोस्