खै स्वास्थ्य सेवा सचिव ?

प्रधानमन्त्री आँफै कोरोनाबाट बच्ने टिप्स बाड्दै !

नेपालमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले २ मन्त्री र ३ जना प्रशासनिक सचिव
  • सचिव नहुँदा कोरोना संकटमा जनस्वास्थ्यका क्षेत्रमा परिरहेको असर र यसले निम्त्याउन सक्ने गम्भीर्यता बुझाउन समस्या
  • ‘मन्त्रालयमा प्रशासनको सचिव हुनुहुन्छ। उहाँलाई बजेट र प्रशासनका कुरामा मात्र चासो छ’

काठमाडौं ।  नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेको १५ महिनाभन्दाबढी भइसकेको छ। तर, कोरोना सकंटको यो समयमा स्वास्थ्य क्षेत्र बुझेको प्राविधिक सचिव नियुक्तिमा सरकारले कुनै चासो दिएको छैन।

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवा ऐन अनुसार १२ औं तहका डाक्टर तथा स्वास्थ्य सेवाकै कर्मचारी सचिव हुने व्यवस्था रहेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली र कोरोना संकटका समयमा नियुक्त भएका तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य र स्वास्थ्य क्षेत्रलाई बुझेका व्यक्तिलाई सचिव नियुक्त गर्न चासो दिएका छैनन्।

स्वास्थ्य क्षेत्र बुझेका सचिव नहुँदा कोरोना संकटमा जनस्वास्थ्यका क्षेत्रमा परिरहेको असर र यसले निम्त्याउन सक्ने गम्भीर्यता बुझाउन समस्या परिरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्। 

भानु भक्त ढकाल हृदयश त्रिपाठी

‘नेपालमा कोरोना संक्रमण देखिएपछि  स्वास्थ्य मन्त्रालयले २ मन्त्री र ३ जना प्रशासनिक सचिव पायो तर आफ्नै मन्त्रालय नेतृत्व गर्ने स्वास्थ्य सचिव भने पाएन। जसका कारण महामारीको समयमा सही रूपमा नीति–रणनीति बनेनन्,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव बनाउन नचाहनेमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रमुख रहेको मन्त्रालय स्रोत बताउँछ। त्यसपछि स्वास्थ्यमन्त्री पनि उत्तिकै दोषि रहेको स्रोतको भनाई छ।

‘मन्त्रालयमा प्रशासनको सचिव हुनुहुन्छ। उहाँलाई बजेट र प्रशासनका कुरामा मात्र चासो छ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘कोरोना संकटले तत्काल र दीर्घकालमा कस्तो गम्भीर असर ल्याउँछ, स्वास्थ्य क्षेत्रका सूचकमा भविष्यमा कसरी संकट निम्तिन्छ भन्ने विषयमा उहाँलाई जानकारी नै छैन। स्वास्थ्य क्षेत्रको गाम्भीर्यता नै नबुझेका मानिसलाई सचिव बनाएर कसरी यो संकट पार लाग्ला?’

स्वास्थ्यका सचिव नहुँदा स्वास्थ्य क्षेत्र थप लथालिङ भएको  आलोचना भइरहेको छ। स्वास्थ्य क्षेत्रका कर्मचारी मात्र होइन विज्ञहरुले समेत प्राविधि मन्त्रालयमा प्राविधिक सचिव नै हुनुपर्ने बताउँदै आइरहेका छन्। तर प्रधानमन्त्रीकै इच्छा अनुसार स्वास्थ्यमा प्रशासन तर्फको सचिव मात्र नियुक्त हुने गरेका छन्। 

संघीय संरचना अनुसार स्थानीय तह, प्रदेश र संघको समन्वय अभावका कारण स्वास्थ्यका कर्मचारीलाई काम गर्न समस्या भएको भन्दै पटकपटक स्वास्थ्य समुहकै सचिव राख्नुपर्ने माग उठीरहेको छ। नेपाल चिकित्सा संघले त स्वस्थ्य सेवाको सचिव हुनुपर्छ भनेर स्वास्थ्य मन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराइसकेको छ।

स्वास्थ्य मन्त्रालयमा १२औं तहका प्रमुख विशेषज्ञ, स्वास्थ्यमन्त्रीले सचिव नियुक्तिका लागि चासो दिएका छैनन्

महामारीका समयमा समेत स्वास्थ्य सचिव नियुक्त नगरिनु भनेको प्राविधिक व्यक्ति आवश्यक छैन भन्ने आशय

जनस्वास्थ्य महामारीको यो समयमा मन्त्रालयमा स्वास्थ्यको विषय बुझेको स्वास्थ्य सचिव नियुक्त हुनुपर्ने माग वर्षभरि नै उठिरह्यो। तर, स्वास्थ्य सेवा तर्फको सचिवको पद रिक्त राखेर मन्त्रालयमा तीन/तीन महिनामा प्रशासन तर्फका सचिव फेर्ने काम भयो। हाल मन्त्रालयमा प्रशासन तर्फका लक्ष्मण अर्याल सचिव छन्।

स्वास्थ्य सेवा ऐनको दफा १९ को सचिव सम्बन्धी व्यवस्थामा सचिवको नियुक्ति स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ। 

स्वास्थ्य मन्त्रालयमा १२औं तहका डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ तीन प्रमुख विशेषज्ञ छन्। तर, मापदण्ड पुग्दापुग्दै पनि स्वास्थ्यमन्त्री त्रिपाठीले सचिव नियुक्तिका लागि चासो दिएका छैनन्। बरु, प्रशासनका सचिव र स्वास्थ्यका कर्मचारीबीचको बाझाबाझ टुलुटुलु हेर्ने काम मात्र गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ। त्यसयता स्वास्थ्यमा प्रशासन तर्फका आधा दर्जन सचिव आइसकेका छन्। २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त भएको हो। 

प्रशासनतर्फका सचिवहरुले प्राविधिक भाषामा ढिला बुझ्ने र विज्ञको कुरा सुनेपनि प्रशासनकै तरीकाले काम गर्ने कारणले थप समस्या भएको स्वास्थ्य कर्मचारीको गुनासो छ।

कोरोना संकटको यो समयमा मन्त्रालयमा १२औं तहका कर्मचारीलाई अधिकारसहितको जिम्मेवारी नदिँदा पनि समस्या भइरहेको कर्मचारीहरु बताउँछन्। ‘प्रशासन तर्फका सचिवलाई १२ औं तहका प्रमुख विशेषज्ञहरुले सुझाव दिएका त हुन्छन् तर उहाँले त्यसलाई किन कार्यान्वयनमा ल्याउनु हुन्न हामीले पनि बुझेका छैनौं’ एक कर्मचारीले भने।

एक पटक अनौपचारिक कुराकानीका सन्र्दभमा प्रशासन तर्फ पूर्व सचिवले भनेका थिए,‘स्वास्थ्यका सचिव दिएर कामै छैन।  उपचार गर्न छाडेर किन सचिव बन्नुप¥यो।’

यस्तै, विचार सचिव मात्र को हैन, प्रधानमन्त्रीको पनि छ। पटकपटक स्वास्थ्य सचिव हुनुपर्ने विषय राजनीतिक दलका व्यक्तिले समेत कुरा उठाइँरहदा उनी भने वेवास्ता गर्दै आँफै कोरोनाबाट बच्ने टिप्स बाड्दै हिडेँका छन्।

स्वास्थ्यमन्त्रीको समेत स्वास्थ्य सचिव बनाउने विषयमा सकारात्मक सोच नभएको देखिन्छ। पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य सचिवको पद नै हटाइएको विषय बाहिर आएको छ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले यस्तो महामारीका समयमा समेत स्वास्थ्य सचिव नियुक्त नगरिनु भनेको प्राविधिक व्यक्ति आवश्यक छैन भन्ने आशय भएको बताउछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here