कृषकलाई कफी खेतीमा अनुदान खानीखोला पालिका

खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । 
    
    उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार चालू आवमा रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट कृषकलाई थप ३५ हजार बिरुवा वितरण गर्ने तथा नर्सरी प्रवद्र्धनमा लगानी गरिने छ । 

    गाउँपालिकाले यस वर्ष ३५ हजार केजी कफी उत्पादन हुने अनुमान गरेकामा १५ हजार ९३ केजी मात्रै उत्पादन भएको जनाएको छ । ‘समूहभन्दा बाहिर रहेका किसानलाई समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ’, अध्यक्ष थिङले भने । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
    
    गाउँपालिकाले उत्पादन भएमध्ये एक किलो बराबर रु ३५ कृषकलाई अनुदान दिने निर्णय गरेको छ । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए । वर्ष पाँच सय केजी कफी उत्पादन गरेका उनले यसबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आएका थिए।    

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here