कालीमाटीमा च्याउ, गोलभेँडा, प्याज, भन्टा, काउली, करेला, बोडी, फर्सीसहित धेरैजसो तरकारी सस्तियो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज च्याउ, गोलभेँडा, प्याज, भन्टा, काउली, करेला, बोडी, फर्सीसहित धेरेजसो तरकारीको भाउ घटेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५, ठूलो भारतीय गोलभेँडाको ७५, सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८३, लोकल गाँजर १२२, लोकल बन्दा ४८, स्थानीय काउली ९८, हाइब्रिड मुला ५२, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तने बोडी १२५, मकै बोडी ११३, करेला ११०, लौका ९५, लोकल परबल ७५, घिरौँला ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ६५, भिन्डी ८५, स्कुस २५, रायो र पालुंगोको साग १७५, कन्य च्याउ २१८, डल्ले च्याउ ४२५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य निकै बढी छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५, ठूलो भारतीय गोलभेँडाको ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८४, लोकल गाँजर ११८, लोकल बन्दा ४६, स्थानीय काउली ११०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो थियो।






प्रतिक्रिया दिनुहोस्