कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

 समाचार सारांश

  • हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ ४ दिनका लागि बन्द हुने भएको छ।
  • मकवानपुरको बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न सडक बन्द गरिनेछ।
  • जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ, र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।

मकवानपुर ।  हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको जनाएको हो । प्रशासन कार्यालयको सूचना अनुसार जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ ।

frontline

सो अवधिमा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण उक्त सडक खण्डको बगुवा स्थित बागमती खोलाको पुलसम्मको पहुँच मार्ग बगाएको थियो । बाढीले पहुँच मार्ग बगाएपछि सो सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । वर्षा याम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने, सवारी साधनमा क्षति पुगेपछि साने स्थानमा बेलिब्रिज राख्ने तयारी थालिएको हो ।

#लोकपथ कान्ति #लोकपथ #$सडक बन्द #बेलिब्रिज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here