कानुन व्यवसायीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

३ मंसिर, काठमाडौं । प्रहरीले नेपाल बार एसोसिएसनभित्र कानुन व्यवसायीमाथि अभद्र व्यवहार गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई बिहीबार राति बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेस बस्नेतले बताएका छन्।

उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ। ढकाल र श्रेष्ठलगायत ५ जनाको समूहले बिहीबार परिसरमा गएर कानुन व्यवसायीमाथि अभद्र व्यवहार गरेका थिए। सो क्रममा कानुन व्यवसायीले उनीहरुलाई बार परिसरबाट लखेटेका थिए।

frontline

आन्दोलन दबाउन प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरेको भन्दै कानुन व्यवसायीहरुले आपत्ती जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here