कात्तिक १८ भन्दा अघि प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी

३१ असोज, काठमाडौं । निर्वाचन आयोगले कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने जनाएको हो ।

कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।

frontline

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताए ।

आयुक्त भण्डारीले भनेका छन्, ‘राजनीतिक दलका प्रतिनिधि समेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात कार्तिक १८ बाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ भनेको छ ।’

दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार-प्रसार गर्न पाउनेछन्। उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here