काठमाडौं महानगरपालिकाको बैठकमा फोहोर संकलनमा उठाइने रकम र राजश्वबारे प्रश्न !

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा फोहोर संकलनमा उठाइने रकम र त्यसको राजश्वबारे प्रश्न उठेको छ।

काठमाडौ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले फोहोरको राजश्व कसले उठाएको छ र राजश्वमा जम्मा भएको छ कि छैन भनि प्रश्न उठाएका छन् ।

frontline

आइतबार महानगरको दोस्रो कार्यपालिका बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्। महानगरलाई खानेपानी संस्थान र ढल निकासबाट पैसा फिर्ता आउनुपर्ने उनले बताए। 

ढल  र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भन्दै उनले प्रश्न गरे।

रिजालले विगतमा गोकर्ण फोहोर लैजाँदा मन्त्री नै फिल्डमा आएको तर अहिले महानगरका जनप्रतिनिधि किन अघि सर्न परेको भन्दै प्रश्न गरे।

उनले अहिले काठमाडौंलाई दोषमात्र लगाउन नमिल्ने उनले बताए। उनले काठमाडौं महानगरको मात्र फोहोर व्यवस्थापन गर्ने भनेका छौं, अन्य नगरको फोहोरको पनि महानगरले किन चिन्ता लिने भनि प्रश्न गरे।

‘खानेपानी संस्थान तथा ढल निकास भन्ने छ। धारा जोड्दा ५० प्रतिशत त्यहाँ बुझाउनुपर्ने छ, त्यो पैसा आधा महानगरमा फिर्ता हुने कि नहुने , यदि नहुने हो भने महानगरले किन जिम्मा लिने’, उनले भने,‘आजै महानगरले पत्र लेखेर कि पैसा दिनुस् नत्र ढल बनाउँ भन्नुपर्छ।’ 

फोहर बुझाउने मानिसहरुको पनि गुनासो रहेको भन्दै उनले पैसा कम उठाउने कि भनि प्रश्न गरे। ‘कुहिने र नकुहिने गरि छुट्टाउँदा २५ प्रतिशत फोहोरमात्र हुने रहेछ ’ उनले भने ‘फोहोर घटेपछि मूल्यपनि घट्नुपर्ने माग बुझाउनेहरुले गर्नु भएको छ।’

त्यस्तै उनले घर घरबाट ४सयको दरले उठाएको पैसा राजश्वमा जम्मा भएको छ कि छैन भनि प्रश्न गरे। 

‘१८ दिने फोहोर नउठे पनि फोहोरको पैसा भने लिन आइहाल्नुहुन्छ , २९ दिनसम्म फोहोर राख्दा किन उठेन कसैले जवाफ दिँदैन ’ उनले भने ‘यसरी पैसा उठाउन को जान्छ र उठाएको पैसा राजश्वमा जम्मा हुन्छ कि हुँदैन ।’

उनले सडक पेटीको राजश्व कसले उठाइरहेको छ भन्दै प्रश्न गरे । विना रसिदको राजश्व उठिरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here