काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाटमा दुर्घटना, सातजना घाइते

काठमाडौं :काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्।

सोमबार बिहान साढे ७ बजेतिर काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

frontline

बसमा करिब ४०-४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य र मध्यम रहेको बर्दघाट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here