कागेश्वरी मनोहरा नगरपालिकाको १४औँ नगरसभा
कागेश्वरी मनोहरा नगरपालिकाको १४औँ नगरसभाको पहिलो बैठक मंगलबार बस्ने भएको छ। असार ९ गते मंगलबार बिहान ८:३० बजे नगरपालिकाको सभाहलमा नगरसभाको अधिवेशन सुरु हुने भएको हो।
नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बस्ने उक्त नगरसभामा चालु कार्यकालको अन्तिम तथा निर्णायक नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ।
नगरपालिकामा नगर उपप्रमुख तथा विधायन समिति संयोजक शान्ता थापाले बजेट प्रस्तुत गर्नुहुनेछ भने नगर प्रमुख उपेन्द्र कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
नगरसभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा विकास योजनासम्बन्धी विषयसँगै विभिन्न ऐन, नियम तथा कानुनहरूको संशोधन तथा पारित गर्ने एजेन्डा समेत समावेश छन्।
त्यस्तै, वार्षिक प्रगति प्रतिवेदन, विभिन्न विषयगत समितिका प्रतिवेदनहरू प्रस्तुत तथा छलफल हुनेछन्।
नगरपालिकाको सभाहलमा हुने उक्त बैठकमा जनप्रतिनिधि, सम्बन्धित कर्मचारी तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।






प्रतिक्रिया दिनुहोस्