कांग्रेस महाधिवेशन : मतदानको पर्खाइमा प्रतिनिधिहरू (तस्वीरहरू)
असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिरहेको छ ।
मतदान सुरु गर्ने विषयमा निर्वाचन समितिले पदाधिकारीसहितका उम्मेदवारहरूसँग छलफल गरेर समय निर्धारण गरेको हो ।
मतदान सुरु गर्ने विषयमा राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग समितिले छलफल गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्