कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

 समाचार सारांश

  • स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको आरोप लगाए।
  • उनले जनजाति महिला भएकै कारण उपसभामुखलाई हटाएर कांग्रेसका सांसदलाई ल्याउन खोजिएको बताए।
  • डा. सिंहले कुलमान घिसिङ, कान्छाराम तामाङ र डा. सङ्गीता कौशललाई पनि विभिन्न पदबाट हटाएको विषय उठाए।

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए । 

उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए ।  उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए ।

frontline

#डा.अमरेशकुमार सिंह #उपसभामुख #राजनीतिआरोप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here