कांग्रेसको १५ औं महाधिवेशन : उद्घाटन समारोहमा कुन नेताको कस्तो सुझाव ?
काठमाडौं : कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्ने विभिन्न दलका शीर्ष नेताहरूले कांग्रेसको नयाँ नेतृत्वप्रति अपेक्षा, पूर्वनेतृत्वप्रति संकेत र मुलुकको भावी राजनीतिक दिशाबारे आआफ्ना धारणा राखेका छन्। अधिकांश वक्ताको भाषणमा एउटा साझा सन्देश थियो, ‘कांग्रेसले इतिहासको सम्मान गर्दै पुस्तान्तरण, नयाँ राजनीतिक कार्यशैली र राष्ट्रिय मुद्दामा सहकार्यको बाटो रोज्नुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडेर अघि बढ्न सुझाव दिए। ‘कहिलेकाहीँ कसैलाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ,’ उनले भने। लामिछानेको यो अभिव्यक्ति महाधिवेशन उद्घाटन समारोहको सबैभन्दा बढी राजनीतिक अर्थ बोकेको टिप्पणी बन्यो। उनले कांग्रेसको शक्ति उसको लामो राजनीतिक इतिहास भए पनि कमजोरी पनि त्यही इतिहास बन्न सक्ने चेतावनी दिए।






प्रतिक्रिया दिनुहोस्