काँग्रेस महाधिवेशन : दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

२१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुरक्षाका लागि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने काग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिइएको छ ।

frontline

प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ ।

सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।

उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिले सुरक्षा र मञ्च व्यवस्थापन काम अन्तिम चरणमा पुगेको बताएको छ ।​

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here