काँग्रेसको निर्वाचन तालिका : मङ्गलवार मनोनयन दर्ता बिहीबार निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार असोज २० गते उम्मेदवारी दर्ता हुने भएको छ भने असोज २२ गते मतदान गर्ने कार्यतालिका तय गरिएको छ ।

The current image has no alternative text. The file name is: nepali-congress-4.jpg

निर्वाचन समितिका अनुसार असोज १९ गते (आज) बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६स् ३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । दाबी विरोधमाथि बेलुका ६:३० देखि ७:३० बजेसम्म जाँचबुझ गरिनेछ भने बेलुका ७:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

frontline

केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने निर्वाचन समितिले जनाएको छ । सोही दिन दिउँसो ४:३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन हुनेछ । उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्न दिउँसो ४:३० देखि ५:३० बजेसम्मको समय तोकिएको छ। दाबी विरोधमाथि साँझ ५: ३० देखि ६:३० बजेसम्म जाँचबुझ गरिनेछ भने बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here