कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता एकसाथ निलम्बन, कारोबार नगर्न सूचित

आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको दर्ता निलम्बन गरेको छ।
- विभागले १५ दिने अल्टिमेटम दिएको र कर विवरण नपेस्ने करदाताको नाम वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
- दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरेपछि निलम्बन हट्ने व्यवस्था छ।
११ जेठ, काठमाडौं । कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ ।
आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो ।
सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।
र, उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।
विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ ।
यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरिएको छ ।
निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्