एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाडौं 

एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाडौं आइपुगेका छन्। तीन दिने भ्रमणका लागि कान्दा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति काठमाडौं आइपुगेका हुन्। 

उनी सिंगापुर एयरलायन्सको विमानबाट आइतबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

frontline

नेपाल भ्रमणका क्रममा कान्दा नेतृत्वको टोलीले राजनीतिक भेटघाट गर्ने स्रोतले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्। 

कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग एक्लाएक्लै द्विपक्षीय भेट गरेका छैनन्। 
 

facebook sharing button
messenger sharing button
twitter sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here