इरानले अन्तत: २–२ को बराबरीमा रोक्यो न्युजिल्यान्डलाई

विश्वकअन्तर्गत मंगलबार बिहान भएको समूह जीको खेलमा दुईपटक पछाडि परेको इरानले अन्तत: न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ।

लस एन्जलस स्टेडियममा भएको खेलमा बराबरी भएपछि दुवै टोली एक/एक अंकसहित समूह जीको शीर्ष दुई स्थानमा पुगेका छन्। 

frontline

खेलको सातौँ मिनेटमा इजिल जस्टले गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। तर तर ३२औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल फर्काएपछि पहिलो हाफ सकिँदा दुई टोली बराबरी भएका थिए।

यसपछि भएको खेलमा एजिल जस्टले व्यक्तिगत दोस्रो गोल गरेर न्युजिल्यान्डलाई फेरि अग्रता दिलाएका थिए।

तर खेलको ६३औँ मिनेटमा फेरि इरानका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरेपछि दुई टोली बराबरीमा रोकिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here