आन्दोलनको लप्कामा दिल्ली
एजेन्सी/नयाँ दिल्ली : मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध जन्तरमन्टरमा कक्रोज जनता पार्टी (सीजेपी) ले तय गरेको प्रदर्शनलाई रोक्न प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेपछि अक्टोबर १० का दिन दिल्लीमा असाधारण सुरक्षा घेराबन्दी देखियो।
ब्यारिकेड, यातायातमा रोक र एहतियाती नजरबन्दबाट सुरु भएको यो स्थिति दिनभरिमा व्यापक गिरफ्तारी, सडक प्रदर्शन, झडपका खबर र विरोध प्रदर्शनको अधिकारलाई लिएर चर्किएको उग्र राजनीतिक टकरावमा
परिणत भयो।
शनिबार साँझपखसम्म दिल्ली प्रहरीले केन्द्रीय राजधानीभरिबाट ३ हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लियो। नजरबन्दमा पर्नेहरूमा सीजेपी का नेताहरू, युट्युबर ध्रुव राठी, आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, विद्यार्थी कार्यकर्ताहरू, वकिलहरू र अन्य विपक्षी दलका नेताहरू रहेका छन्। ढुंगामुढाका घटनाहरूमा दुईजना प्रहरी कर्मचारी घाइते भएको खबर पनि बाहिर आयो।
गिरफ्तारीहरूको संख्या बढ्दै जाँदा विपक्षी दलका नेताहरूले सरकारले असहमतिलाई दबाएको आरोप लगाए। यता बीजेपीले भने प्रहरी कारबाही र(एसआईआर प्रक्रियाको बचाउ गर्दै प्रदर्शनकारीहरूले अशान्ति फैलाउने प्रयास गरेको आरोप लगायो।
दिल्लीमा कडा सुरक्षा, नजरबन्द सुरु
प्रक्रियागत कमजोरी र शान्ति–सुरक्षाको चिन्ता देखाउँदै दिल्ली प्रहरीले जन्तरमन्टरमा प्रस्तावित प्रदर्शनका लागि अनुमति दिएन। मध्य दिल्लीका केही भागहरूमा ब्यारिकेड, चेकपोइन्ट, मेट्रोमा प्रतिबन्ध र मोबाइल इन्टरनेट सेवामा रोक लगाउँदै अधिकारीहरूले करिब ३५ हजार प्रहरी तथा अर्धसैनिक बल तैनाथ गर्ने योजना बनाएका थिए। नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेसनबाट छुट्ने तथा त्यहाँ आउने रेल सेवाहरू विशेष रूपमा प्रभावित हुने अपेक्षा गरिएको थियो।
निगरानीका लागि बडी क्यामेरा लगाएका प्रहरी कर्मचारीहरू र ड्रोनहरू परिचालन गरिएको थियो। साथै, एहतियाती उपायस्वरूप प्रहरीले आपराधिक रेकर्ड भएका ३० देखि ४० जनालाई पनि नियन्त्रणमा लियो। बिहान ९ बजेसम्म दिल्लीभरि कम्तीमा ६ सय जनालाई नियन्त्रणमा लिइएको थियो






प्रतिक्रिया दिनुहोस्