आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति

News Summary
Generated by OK AI. Editorially reviewed.
- हुम्लाको सर्केगाड गाउँपालिका-३ का उनापानीमा आइतबार राति आगलागीले आठ घर जलेर नष्ट भए।
- आगलागीबाट एक करोड बराबरको सम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
- प्रहरी र स्थानीयबासीहरूले आगो नियन्त्रण गरी क्षति कम गर्न सफल भएका छन्।




३ असार, हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ ।
आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।
आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलले बताए ।
आगलागी हुँदा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् ।
अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्