आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडासँग आज प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ।
नेपाल र क्यानडाबीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक शृंखलाको पहिलो भेट हो। दुवै टोलीले यस शृंखलामा ओमानसँग पनि खेल्नेछन्। त्यसैले आइतबारको नतिजाले नेपाललाई अंक दिलाउने मात्र नभई शृंखलाका बाँकी खेलमा आत्मविश्वास बढाउने अवसर पनि हुनेछ।






प्रतिक्रिया दिनुहोस्