आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

Ishan Kishan and Sanju Samson of India during the Final of the ICC Men’s T20I World Cup 2026 between the India and the New Zealand at Narendra Modi Stadium, Ahmedabad, India on March 8, 2026. Photo: Deepak Malik / CREIMAS for BCCI

काठमाडौं । आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ ।
आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।
भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।
योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here