तुलसीपुर उपमहानगरपालिकाले संक्रमितको घरमै निःशुल्क अक्सिजनको व्यवस्था गर्ने

फ्रन्टलाइन पालिका । दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना सङ्क्रमितलाई घर घरमै निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।

वडाध्यक्ष र सम्बन्धित वडाको स्वास्थ्य संस्था वा कोभिड प्रतिकार्य समूहको प्रतिनिधिले बिरामीको अवस्थाको आकलन गरेर आवश्यक छ भनेर सिफारिस गरेमा घरसम्म निःशुल्क अक्सिजन पुर्याइने उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । प्रयोगपछि अक्सिजनको खालि सिलिन्डर भने फिर्ता गर्नुपर्ने उपमहानगरपालिकाले बताएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here